adv

लायन्स क्लबको सक्रियतामा निःशुल्क आँखा शिविर सम्पन्न

दमक । लायन्स क्लबको सक्रियतामा एक दिने निःशुल्क आँखा सम्पन्न भएको छ ।  लायन्स क्लब अफ दमक गोल्ड र लियो क्लब अफ दमक गोल्डको संयुक्त आयोजना तथा मिक्लाजुङ गाउँपालिकाको सहकार्यमा निःशुल्क आँखा शिविर सम्पन्न भएको हो ।

मेची नेत्रालय दमकको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा आँखा जाँचका साथै आँखाको कन्ट्याक लेन्स समेत निःशुल्क परिक्षण गरिएको थियो । लायन्स क्लब अफ दमक गोल्डका अध्यक्ष नन्द कुमार राईको सक्रियतामा सम्पन्न भएको उक्त शिविरमा प्रमुख अतिथि डिष्ट्रि«क्ट ३२५ सि का कोषाध्यक्ष लायन ववरजंग थापाले गर्नुभएको थियो ।

मिक्लाजुङ पालिका उपाध्यक्ष दिनेश पौडेल, मिक्लाजुङ वडा नं. ७ का वडाध्यक्ष शुशिलराज चौहान,, रिजन चियरपर्सन लायन विष्णु प्रसाद पौडेल, लायन साजन श्रेष्ठ साथै जोन चियर पर्सन लायन बुद्धि सागर बराल, लगायत अन्य लायन्सका प्रतिनिधिहरु, जनप्रतिनिधि साथै लियो क्लबका सदस्यहरु उपस्थिति रहेको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु