२७ मंसिर, दमक ।
२०७९ सालको पहिचान पुरस्कार प्रगति राईको उपन्यास ‘थाङ्ग्रा’ र प्रकाश गुरागाईंको कृति ‘जङ्क्सन पिपलबोट नयाँसडकको कथा’ले संयुक्त पाउने भएका छन् ।
मंसिर २६ गते बसेको पहिचान पुरस्कार कोषको बैठकले जुरीवाट आएको निर्णयका आधारमा पुस्कृत कृति बारे निर्णय गरेको हो ।
उत्कृष्ट आठ वटा पुस्तक मध्येबाट दुई वटा कृतिलाई पुरस्कृत गर्ने निर्णय भएको पहिचान पुरस्कार कोषका संस्थापक नरेश काङमाङ राईले विज्ञप्तिमार्फत जानकारी दिएका हुन् ।
यो पुरस्कार २०८१ साल बैशाख २२ गते भोजपुरको ‘टेम्के मैयुङ’ (रिमाचुङ सिलीचुङ) गाउँपालिका–४ को चखियामा एक समारोह आयोजना गरी वितरण गरिने बताइएको छ । गत साल पनि चखियामा नै पुरस्कार प्रदान गरिएको थियो । पहिचान पुरस्कारको राशी ४ लाख २ हजार २ रुपैयाँ रहेको छ ।
पुरस्कारका लागि पुरस्कृत घोषणा भएका दुईसहित जानुका खतिवडाको ‘ओताओडा’, करुणा राईको ‘रसिया राग’, मञ्जुल मितेरीको ‘कामी’, श्रीभक्त खनाल र खेमराज रानाभाटको ‘तीन फरक विषय फोकल्याण्डको युद्धका सिपाही, पहिलो विश्वयुद्धका चिठी र उनै जंगबहादुर’ र नवराज केसीको ‘शून्यको मूल्य’ छनोटमा परेका थिए ।