adv

पाँचथरमा पहिचानका लागि ‘युवा दस्ता’ घोषणा

पाँचथर । कोशी नामको बिरोध गर्दै आन्दोलित बनेका पहिचान पक्षधरले फिदिममा लाट्ठी बोकेर मार्च पास गरेका छन् ।

उनीहरुले सदरमुकाम फिदिम बजारमा मार्चपास पछि पहिचानका लागि युवा दस्ता समेत घोषणा गरेका छन् ।

नुनाम केरुङको संयोजकत्वमा एक हजार एक सय ११ सदस्यीय युवा दस्ता तयार गरेका हुन् । कृष्ण बेघा, सुरेन्द्र लावती, आषिश राई लगायतका युवाहरुलाई दस्ताको सह–संयोजकको जिम्मेवारी तोकिएको छ ।

पहिचानका लागि युवा दस्ताका केन्द्रीय सह–कमान्डर एबिराज आङदेम्बेले दस्तालाई अनुशासन तथा जिम्मेवारीका सम्बन्धमा प्रशिक्षण दिएका थिए।

दस्ताले मार्चपास सहित फिदिम बजार परिक्रमा गरेको थियो। घोषणा सभामा डा. महेन्द्र लावती लगायतले मन्त्यव्य राखेका थिए ।

दस्ता ‘कोशी’ नाम विरुद्ध भइरहेको आन्दोलनमा परिचालित हुने प्रदेश नं.१ पुनः नामाङकन संयुक्त संघर्ष समिति पाँचथरका संयोजक सुवाश तुम्बापोले बताए।

प्रदेश न १ पुनः नामकरण सयुक्त संघर्ष समितिको आह्वानमा मार्च पास भएको हो ।
फिदिम माविको खेलमैदानमा भेला भएका युवाहरूले पहिचानका लागि युवा लेखिएको सेतो भेस्ट लगाएका थिए ।

प्रदेशको नाम कोशी अमान्य भएकाले आन्दोलनको माहोल बढाउन युवा दस्ता घोषणा भएको दाबी गरिएको छ ।

नेकपा एमालेको मध्यपहाडी यात्रा आइपुग्न केही दिन मात्र अगाडि पहिचानवादीले मार्चपास गराएका हुन् ।

पालिकास्तरीय कमाण्ड बनाएर दस्तालाई परिचालन गरिने बताइएको छ । चतुरे, जोपोखरी, गोपेटार, च्याङथापु, थर्पुलगायतका बजारमा मसाल जुलुस गर्ने पहिचानबादीले घोषणा गरेका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु