adv

ओलीलाई काउण्टर : मंसिर ३० र पुष १ गते प्रदेश १ यातायात बन्द आव्हान

२९ मंसिर, दमक ।


प्रदेश १ का कोशी नाम खारेजीका लागि निरन्तर अन्दोलन गरिरहेको प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले मंसिर ३० र पुष १ गते प्रदेशभर यातायात बन्दको आव्हान गरेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितको समृद्धिका लागि संकल्प यात्राका क्रममा प्रदेश १ मा पहिचान पक्षधरले अवरोध गर्न खोजेपछि प्रहरीले व्यापक संख्यामा आन्दोलनकारीलाई पक्राउ गर्दै मुद्दा चलाउन थालेपछि त्यसको काउण्टरमा आन्दोलनरत पक्षले याताायत बन्द आव्हान गरेको हो ।

३० गते ओलीसहितको यात्राले भने पाँचथरको फिदिममा सभा गर्ने तय गरिसकेको छ । पहिचान पक्षधर आन्देलनकारीले सो पूर्व घोषित कार्यक्रम असफल पार्न बुधबार एक हजार एक सय ११ जनाको पहिचानका लागि युवा दस्ता घोषणा र फिदिम बजार परिक्रमा गराएको थियो ।

पहिचान पक्षधरले आव्हान गरेको दुई दिने यातायात बन्दलाई ओलीको फिदिममा हुने सभालाई अवरोध पुर्याउन गरिएको भन्ने अनुमान गरिएको छ ।

वार्ता, संवादको माध्यमबाट कमभन्दा कम क्षतिमा कोशी खारेजी र प्रदेश १ को पुनः नामाङ्कन होस् भन्ने चाहेको भन्दै संघर्ष समितिले विज्ञप्ति जारी गरेर ओलीसहितको समूहले आफूहरुको चेतावनी नमानेको ठहर गरेको छ । विज्ञप्ति भनिएको छ – ‘कोशी नाममा हस्ताक्षर गर्ने ८२ प्रदेस संसद र ३ भाइलाई गाउ प्रवेश नगर्न चेतावनी दिँदादिदै पनि हाम्रो मागलाई बेवास्ता गर्दै अवाञ्छित, छुद्र व्यक्तिको नेतृत्वमा मध्ये पहाडी यात्राको नाममा जनताको भावनालाई कुल्चिने, दबाउने कोशिस भयो ।’

संघर्ष समितिले मंसिर २६ गतेयता बिहीबारसम्म आफूहरुका ३५ जना नेता कार्यकर्तालाई विभिन्न जिल्लाहरुबाट प्रहरीले पक्राउ गरेको र निशर्त छाड्ने भनिएकोमा झुटा मुद्दा लगाइएको, अपराधीलाई झैँ हतकडी लगाएको भन्दै त्यसविरुद्ध आन्दोलित हुनु परेको जनाएको छ ।

‘कोशी नाम खारेजी गरि बार्ताको माध्यमबाट समस्या समाधान गर्न छाडेर गृह प्रसासन तथा सरकार थप दमनमा उत्रिएको कारणले बाध्य भएर यहि मंगसिर ३० गते देखि पुस १ गते सम्म प्रदेस नं. १ भर यातायात बन्द घोषणा गर्न बाध्य भएका छौं’, विज्ञप्तिमा उल्लेख छ ।

दुई दिने दबाब कार्यक्रमपछि पनि पक्राउ गरिएका नेता कार्यकर्ता नछाडिए अनिश्चितकालीन आम हड्ताल घोषणा गर्न बाध्य हुने विज्ञप्तिमा जनाइएको छ ।

संघर्ष समितिबाट पूर्ब घोषित लेगुवाघाट—चिवाभञ्ज्याङ बन्द लगायतको कार्यक्रम निरन्तर रहेको समेत जनाएको छ ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय झापामा धर्ना दिने

यसैबीच आन्दोलनरत संघर्ष समितिले झापा जिल्लामा थप दबाबमूलक कार्यक्रम सार्वजनिक गरेको छ ।

संघर्ष समितिका झापा जिल्ला संयोजक पाण्डवलाल चौधरीलाई मुख्यमन्त्री केदार कार्कीलाई कालो झण्डा देखाएको र उनी सवार गाडीमा ढुङ्गा प्रहार गरेको अभियोगमा पक्राउ गरी प्रहरीले मुद्दा चलाएपछि छुटाउने दबाबस्वरूप शुक्रबार झिल्ला प्रशासन कार्यालय झापामा धर्ना दिने बताइएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु