adv

इन्द्रेणी कप : सेतुमारी र इन्द्रेणी युवा क्लब क्वाटरफाइनल प्रवेश

सजन राई ।२९ मंसिर,दमक 

इन्द्रेणी युवा क्लवले आयोजना गरेको इन्द्रेणी कप नक आउट फुटबल प्रतियोगिता २०८० को दोस्रो दिनको खेलमा सेतुमारी युवा समाज र आयोजक इन्द्रेणी युवा क्लबले जित निकाल्दै क्वाटरफाइनलको यात्रा तय गरेका छन् ।

लियो फुटबल क्लबलाई ट्राइब्रेकरमा ४–३ गोल अन्तरले हराउदै दोस्रो दिनको पहिलो खेलमा सेतुमारी युवा समाज प्रतियोगिताको दोस्रो चरण प्रवेश गरेको हो । प्रतिस्पर्धात्मक खेलको निर्धारित समय १–१ गोलको बराबरीमा टुङ्गिएपछि खेल टाई ब्रेकरमा पुगेको थियो ।

खेलको प्लेयर अफ दी म्याच सेतुमारीका गोल किपर दिपेश धिमाल घोषित भए ।

त्यसैगरी दोस्रो दिनको दोस्रो खेलमा इन्द्रेणी युवा क्लबले सिक्स ओ क्लक क्लबमाथि १–० को कठिन जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गर्यो । खेलमा एक मात्र निर्णायक गोल गरेका शोभित बस्नेत प्लेयर अफ दी म्याच चुनिए ।

तेस्रो दिन शुक्रबारको पहिलो खेल संगम स्पोर्टिङ क्लब र केर्खा फुटबल क्लबबीच हुने छ भने दोस्रो खेल आयोजक इन्द्रेणी क्लब भेट्रान र आम्बारी स्पोर्टिङ यूथ क्लबका बीच हुनेछ ।

दमक १० स्थित सेतुमारी खेल मैदानमा इन्द्रेणी युवा क्लबको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिता पुष ३ गते सम्म चल्ने छ ।

प्रतियोगिताका विजेता र उपविजेताले क्रमशः नगद ५० हजार र ३० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । त्यस्तै प्रतियोगितामा सहभागी मध्ये अनुशासित खेल खेल्ने टिमलाई नगद १५ हजार सहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा झापा र मोरङ जिल्लाका १२ वटा टीमको सहभागिता रहेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु