adv

चेतनशील कप : फाइनलमा दुई मैत्रिपूर्ण खेल

एउटा बराबरी, अर्कोका शिखर टोल विजयी

२ पुष, चुलाचुली ।

इलामको चुलाचुलीमा सम्पन्न चेतनशील कप-२०८० को फाइनल अगाडि भएको दुई मैत्रिपूर्ण खेल एउटा बराबरीमा र अर्कोको खेलको निर्णय टाई ब्रेकरबाट निर्णय भएको थियो ।

चुलाचुली ५ स्थित चपेटी खेल मैदानमा सञ्चालित प्रतियोगिता मंसिर २५ देखि पुष १ गते सम्म चलेको थियो ।

आयोजक चेतनशील युवा समाज र टसि ब्वाइज उर्लाबारी बिचको उपाधि भिडन्त अगाडि भएको पहिलो मैत्रिपूर्ण खेल चुलाचुली रेफ्री टिम र पत्रकार-११ बीच भएको थियो भने दोस्रो मैत्रिपूर्ण खेल स्थानीय शिखर टोल भेट्रान र दूधे टोल भेट्रान बीच भएको थियो ।

पहिलो खेलमा दुवैबाट ३-३ गोल भएको थियो । पत्रकार-११ ले खेलको पहिलो मिनेटमा नै गोल गर्दै अग्रता बनाउन सफल भएको थियो । पवन राईको गोलबाट बनाएको अग्रता पहिलो हाफको अन्तिम समयमा रेफ्री टिमका सुवास आङथुपोले गोल गर्दे बराबरी बनाए ।

बराबरी सँगै रोमाञ्चित बनेको खेलको दोस्रो हाफमा पत्रकार-११ का रिकएन्जल राईले खेलको ५औं मिनेटमा उत्कृष्ट फ्रिकिक गोल गर्दै टिमलाई अग्रता दिलाए । ९औं मिनेटमा सुवास आङ्थुपोले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई बराबरीमा पुर्याए ।

त्यस लगतै ११औं मिनेटमा जितु बस्नेतले गोल गर्दै रेफ्री टिमलाई अग्रता दिलाउन सफल भएका थिए । तेस्रो गोल खाएको १ मिनेट नबित्दै पवन राईले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई बराबरीमा पुर्याए ।

खेलपछि बोल्दै रेफ्री टिमका कप्तान पूर्व खेलाडी हाल अमेरिकाका सक्रिय रेफ्री जितु बस्नेतले भने –’ यसरी खेल्नु एउटा ठूलो सपना थियो, यसले सामाजिक सद्भाव बढ्छ भन्ने लागेको छ । नेपाल सुपर लिगको निम्ति १० दिनको समय लिएर आएको तर २ दिनको समय आफ्नै ठाउँको निम्ति खर्चिनु पाउदा खुशी लागेको छ ।’

त्यसैगरी पत्रकार-११ का कप्तान कमन देवानका अनुसार एन्फा रेफ्री तथा पूर्व खेलाडीहरुसँग खेल्नु उपलब्धिमूलक रहेको छ ।

रेफ्री टिमबाट एन्फाहरु रेफ्री लिला बाँसकोटा, सन्तोष चौधरी, पूर्व खेलाडी गजेन्द्र देवानलगायतले खेलेका थिए भने पत्रकार-११ को तर्फबाट पत्रकार मञ्च दमकका अध्यक्षसमेत रहेका देवान, प्रेस युनियन झापाका अध्यक्ष गिरीराज भट्टराई, नेपाल खेलकुद पत्रकार मञ्च झापा सचिव चिरञ्जीबी घिमिरे, प्रेस सेन्टर झापाका सह–सचिव वीरेन्द्र सुब्बा, सताक्षी साप्ताहिकका पवन चाम्लिङ राईलगायतले खेलेका थिए ।

त्यस्तै दोस्रो दूधे टोल र शिखर टोल बीचको खेल निर्धारित समय १-१ गोलको बराबरीपछि खेलको नतिजा टाइ ब्रेकरबाट निर्धारण गरिएको थियो । टाइ ब्रेकरमा शिखर टोलले ३-१ गोल अन्तरमा खेल जितेको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु