३ पुष, जनकपुरधाम ।

संघीयता, समाजवाद, मधेश र पत्रकारिता विषयक तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमा मंगलबारबाट जनकुपुरमा सुरु भएको छ ।
प्रेस मञ्च नेपाल मधेश प्रदेश समितिको आयोजनामा सुरु भएको सो कार्यक्रमको उद्घाटन जनता समाजवादी पार्टी, नेपाल (जसपा) अध्यक्ष उपेन्द्र यादवले गरेका हुन् ।
जसपा अध्यक्ष यादवसहित कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलगायत पार्टीका शीर्ष नेताहरुको सहभागिता रहेको थियो ।
जनकपुरधामको मुजेलियास्थित रमन टावरको सभाहलमा मंगलबारबाट सुरु भएको प्रशिक्षणमा प्रेस मञ्च नेपालका मधेश प्रदेशका आठ वटै जिल्लाका अध्यक्षहरुसहित संगठनमा आबद्ध पत्रकारहरु सहभागी छन् ।
संघीयता, समाजवाद, मधेश र पत्रकारिता बारे जसपा अध्यक्ष यादवसहितका नेताले प्रशिक्षण दिने कार्यक्रम रहेको प्रेस मञ्च नेपाल मधेश प्रदेश समितिका अध्यक्ष अभरेन्द्र यादवले जानकारी दिएका हुन् ।
प्रेस मञ्च नेपाल जसपाको बौद्धिक पेशाकर्मी घटक र शुभेच्छुक संगठन हो ।


