४ पुष, दमक ।

झापाको दमकस्थित सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत फरक क्षमता भएका दृष्टिविहीन बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।
प्रदेशस्थित नेपाल प्रहरी श्रीमती संघको आयोजनामा सम्पन्न कार्यक्रममा संघकी केन्द्रीय अध्यक्ष लक्ष्मी कुँवरको प्रमुख आतिथ्यता रहेको थियो ।
संघकी प्रदेश अध्यक्ष अजिता देवकोटा बास्तोलाको अध्यक्षतामा सञ्चालित कार्यक्रममा दमक नगर प्रमुख राम थापा, दमक नगर उप–प्रमुख रेगिना भट्टराई, सरस्वती माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेवतराज पुरी गगनलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा नेपाल प्रहरीका प्रदेश प्रमुख राजेशनाथ बास्तोला, संघकी केन्द्रीय सदस्यहरु निलम कडायत, अनिता ढकाल, जिल्ला प्रहरी झापा प्रमुख दुर्गाराज रेग्मी, इलाका प्रहरी कार्यालय दमक प्रमुख मनोज कुमार लामा, सरस्वती माविका प्रधानाध्यापक सिताराम ढकाल, दमक ९ का वडा अध्यक्ष कुबेर प्रसाद भट्टराईलगायतको उपस्थिति रहेको थियो ।
सरस्वती माध्यमिक विधालयको सभाहलमा आयोजित कार्यक्रममा इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक डम्बर विकको सञ्चालन रहेको थियो ।

