adv

निःशुल्क कम्प्युटर तालिमको उद्घाटन

५ पुष, दमक ।


झापाको दमक नगरपालिका वडा नम्बर ५ को सहयोगमा दमकमा निःशुल्क कम्प्युटर तालिम सञ्चालन हुने भएको छ ।

वडा नम्बर ५ वडा कार्यालयले वडाभरीका २२ जना युवालाई तालिम दिन लागेको हो ।

बुधबार तालिमको उद्घाटन गर्दै दमक ५ का वडा अध्यक्ष इन्द्र गुरुङले शिक्षा क्षेत्रमा लगानी गर्दा त्यसको लाभ युवा पुस्तालाई पुग्ने दावी गरे । उनले युवालाई सीप दिएर रोजगारी सिर्जना हुन सक्दा आर्थिक सवलीकरणा मद्दत पुग्ने बताए ।

वडाको आर्थिक सहयोगमा सुरु भएको कम्प्युटर डिप्लोमा तालिमका सहभागीले दुई घण्टाका दरले तीन महिना र एक घण्टाका दरले छ महिनासम्म कम्प्युटर तालिम पाउने छन् ।

दमक ५ स्थित सिएससिआई एजुकेशन फाउण्डेशनमा तालिम सञ्चालन हुने दमक ५ वडा सचिव निधिनारायण ढुङ्गेलले जानकारी दिएका छन् ।

बुधबार फाउण्डेशनकै सभाहलमा आयोजित कार्यक्रमका बीच दमक ५ का वडा अध्यक्ष गुरुङले तालिम उद्घाटन गरेका थिए ।

कार्यक्रकमा दमक ५ महिला वडा सदस्य शोभा खतिवडा, वडा सदस्यहरु गोपाल कृष्ण संग्रैला, खड्ग राई, सरु परियार, सिएससिआईका प्रोपाइटर राजु गौतमलगायतको उपस्थिति रहेको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु