adv

जन्मदिनमा नातिनीलाई जीवन बीमा उपहार

पुष १३, उर्लावारी । जन्मदिनलाई मानिसहरुले विभिन्न तरिकाले मनाउने चलन बढ्दो छ । विशेष दिनलाई अझ विशेष बनाउन र सम्झना योग्य बनाउन कसैले सामाजिक कार्यमा खर्च गर्छन् त कसैले बचत गरेर भविष्य सुरक्षित गर्छन् ।

दमकका ज्योति दाहालले चाहिँ आफ्नो नातिनी मानुश्री दाहालको ३औं जन्मदिनको उपलक्ष्यमा ५ लाखको जीवन बिमा पोलिसि उपहार दिए । नातिनीको भविष्य सुनिश्चित र सुरक्षित गर्न आइएमई लाईफ इन्स्योरेन्स कम्पनि अन्तर्गत बाल किरण जीवन बिमा पोलिसि गर्न पाउँदा हजुरबा ज्योति दाहाल दंग देखिन्थिए ।

झापाको दमक नगरपालिका–४ निवासी बुबा मनिष दाहाल र आमा भावना भण्डारीको छोरी मानुश्रीको आइएमइ लाइफ इन्स्योरेन्स कम्पनिको उर्लावारी शाखाबाट पोलिसि काटिएको कम्पनिका उर्लावारी शाखा प्रमुख विष्णु दवाडीले जानकारी दिए ।

प्रस्तावक रहेकि बिमितकि आमा भावना भन्छिन् “बाल किरण पोलिसिले छोरीको पढाईमा सहयोग पुग्ने रहेछ, साथै प्रस्तावकको पनि जोखिम बहन हुने हुदाँ यो पोलिसि एकदमै प्रभावकारी लागेको छ ।” यसका साथै मानुश्रीलाई आफ्ना आमा र बुबाले जन्मदिनको उपहारमा खुत्रुके दिए ।

यसबाट बच्चाले बचत गर्ने बानिको विकास हुने अभिभावकहरुको धारणा रहेको छ । एजेन्सि मेनेजरहरु भावना न्यौपाने, यशोदा श्रेष्ठ, डम्बर कुमारी ढकाल लगायतको उपस्थितिमा बिमितको घरमै गएर बिमा पोलिसि उपाहार हस्तान्तरण गरिएको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु