२२ पुष, दमक ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले पूजा चौधरीलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने भएको छ ।
राष्ट्रियसभाको १९ सिटमा सत्ता गठबन्धनले जसपालाई मधेशबाट लड्नेगरि एउटा सिट दिने निर्णय गरेसँगै जसपाबाट चौधरी उम्मेद्वार बन्ने पक्का भएको हो ।
आइतबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले रौतहटकी चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
उनी २०७९ मा भएको प्रदेशसभा निर्वाचनमा रौतहट ३ (क) मा पराजित भएकी थिइन् ।


