adv

भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि इलामका बिनोद राईलाई

काठमाडौं । द भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि इलामका बिनोद राईले जितेका छन् । शुक्रबार राती ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित ग्राण्ड फिनालेमा उनले उपाधि जितेका हुन् ।

बिजेता राईले कोच मिलन नेवार समूहको प्रतिनिधित्व गरेका थिए । मकरबहादुर योन्जन फस्ट रनरअप, कुमार प्रयास राई सेकेण्ड रनरअप र नोगेन लिम्बु थर्ड रनरअप घोषित भए ।

उपाधिका लागि चार फाइनलिस्टबीच प्रतिस्पर्धा भएको थियो । दर्शकको सर्वाधिक भोटको आधारमा बिनोदले उपाधि जितेका हुन् । जितसँगै उनले २० लाख नगदसहितका पुरस्कार प्राप्त गरेका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु