adv

बाहुण्डाँगी जेसीजको पदस्थापन कार्यक्रम सम्पन्न

बाहुण्डाँगी । बाहुण्डाँगी जेसीजको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । जेसिस बर्ष २०२३ का लागी निर्वाचित अध्यक्ष देबु बानियालाई बर्ष २०२२ का अध्यक्ष केवल निरौलाले शुक्रवार एक कार्यक्रमका बिच पदहस्तान्तरण गरेका हुन् ।

मेचीनगर-४ स्थीत बाहुण्डाँगी सामुदायिक भवनमा आयोजित पदहस्तान्तरण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य सांसद विश्वप्रकाश शर्माले देश बिकासका लागि आत्मसम्मानका साथ सबै नागरिकले जीउन पाउने वातावरण निर्माण गर्दै सबै राजनितीक दल एकै ठाँउमा उभिनुपर्ने बताए ।

सांसद शर्माले तुलनात्मकरुपमा हाम्रो देशमा भन्दा कम जनसंख्या भएका विश्वका समृद्ध मुलुकहरूले विश्वका दक्ष जनशक्ति आयात गर्दै प्रगतिपथमा अघि बढी रहेको बताए ।

नेपाल सत्तीको सराप हैन बुद्धको आशीर्वाद प्राप्त भएको देश भएको बताउँदै उनले जलविद्युत र बनजंगलको उपयोग गर्न सके समृद्धि हासिल गर्न धेरै समय पर्खनु नपर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा वर्ष २०२३ का अध्यक्ष केवल निरौलाले वर्ष २०२४ का नवनिर्वाचित अध्यक्ष देबु बानियाँलाई अध्यक्षको चेन हस्तान्तरण गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए ।

सो अवसरमा प्रमुख अतिथि सांसद शर्मा, मेचीनगर वडा नः४ का वडाअध्यक्ष अर्जुन कुमार कार्की,नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष भिम कुवँर, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष योगेश राजवंशी, बाहादुर तामाङ, बाहुण्डाँगी जेसीजका पूर्व अध्यक्षहरु, जेसीजका झापाका विभिन्न शाखा अध्यक्षलगायतले शुभकामना व्यक्त गरेका थिए ।

पदहस्तान्तरण भएसँगै बाहुण्डाँगी जेसीजको आगामी १ वर्षको कमाण्ड देबु बानियाँले सम्हाल्ने छन् । यसअघि सम्पन्न अधिवेशनले वर्ष २०२४ को कार्यकारिणी उपाध्यक्षमा केदार सुनुवार र सुष्मा मिश्र, उपाध्यक्षमा पवन बराईली, सदेश पौडेल, थेसिस रुचाल र किरण गौतम, महासचिवमा सुस्मिता खतिवडा, कानूनी सल्लाहकारमा नित्यानन्द चम्लागाईँ तथा कोषाध्यक्षमा न्यूटन कार्की चयन भइ सकेका छन् ।

त्यसैगरी कार्यक्रम संयोजकमा सामुल राय, तालिम संयोजकमा विशाल तामाङ तथा जनसम्पर्क अधिकारीमा चित्रबहादुर श्रेष्ठ मनोनित भएका छन् ।

सो अवसरमा प्रतिवद्धता मन्तव्य राख्दै अध्यक्ष बानियाँले आफ्नो कार्यकालमा विशेष गरी शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । कार्यक्रमको उद्घाटन शत्रको संचालन २०२३ का महासचिव नित्यानन्द चम्लगाईँ तथा समापन समारोहको संचालन वर्ष २०२४ की महासचिव सुस्मा खतिवडाले गरेकी थिइन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु