
माङसेबुङ ।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी यूनियन (क्रान्तिकारी) माङसेबुङको पहिलो सम्मेलनबाट अध्यक्षमा अप्सरा तुम्बापो लिम्बू चयन् भएकी छन् ।
शनिवार इलामको माङसेबुङ ६ र माङसेबुङ २ को संगम धार्मिक तथा पर्यटकिय स्थल माङमालुङमा सम्पन्न सम्मेलनबाट तुम्बापो लिम्बू चयन भएकी हुन्।
नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य धिरेन्द्र शर्मा रमणको प्रमुख आतिथ्यतामा भएको सम्मेलनले २९ सदस्यीय गाउँ कार्य समिति चयन गरेको छ भने ३ जना समितिले मनोनीत गर्ने अनेरास्ववियू(क्रान्तिकारी) इलाम अध्यक्ष नयन वान्तवाले जानकारी दिए ।
यस्तै समितिका उपाध्यक्षमा वर्षा लिम्बू, सचिवमा नोगेन लिम्बू, सहसचिवमा स्वीकृती लिम्बू र कोषाध्यक्षमा निर्जला मुखिया निर्वाचित भएका छन् ।
सदस्यहरुमा नबिना श्रेष्ठ, धिरेन मगर, दिवाना राई, नुमा लिम्बू, माल्भिका लिम्बू ,सुबिल लिम्बू, बिबेक लिम्बू, युनिशा राई, रोमन लिम्बू, बसन लिम्बू, युना योङ्गहाङ, सुशिला राई, पुष्पा शेर्मा, सम्झना जबेगु, अस्मिता लिम्बू, आशा लिम्बू, ममता लिम्बू, आशिका लिम्बू, आकृती लिम्बू , खुशी लिम्बू र वेदना देवान निर्वाचित भएका छन् ।
कार्यक्रममा प्रदेश सदस्यहरु प्रवास शर्मा, लक्षुमण राई जनम, जिल्ला सदस्य तथा विद्यार्थी इन्चार्ज गञ्जु प्रधान लगायतको उपस्थिति रहेको थियो ।

