adv

प्रधानमन्त्री दाहालको सचिवालयबाट १३ जना हटाइए

२ माघ, दमक ।


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वकीय सचिवालयबाट १३ जनालाई हटाइएको छ ।

एक वर्षे कार्यकालको समीक्षापछि प्रधानमन्त्री दाहालको स्वकीय सचिवालयबाट १३ जना हटाएका हुन् ।

प्रधामनन्त्रीका प्रमुख स्वकीय सचिव सन्तु दरैका अनुसार १ माघदेखि लागू हुनेगरी सचिवालयका एक स्वकीय सहसचिव, ४ जना स्वकीय उपसचिव, एक स्वकीय शाखा अधिकृत, दुई जना प्रशासन सहायक, दुई जना कम्प्युटर सहायक र दुई जना हलुका सवारी चालक जिम्मेवारी मुक्त गरिएका हुन् ।

माघ १ बाट स्वकीय सहसचिव नारायणप्रसाद ढुंगाना, स्वकीय उपसचिवहरु रमेशप्रसाद गुरागाईं, ओमकुमारी पौडेल, सावित्रीकुमारी अधिकारी र कलबहादुर नाथ विदा भएका छन् । त्यस्तै, स्वकीय शाखा अधिकृत लाले कुमाल, प्रशासन सहायकद्वय युवराज शाह र रामलाल पराजुली हटाइएका हुन् ।

सचिवालयबाट हटाइएका अन्यमा कम्प्युटर सहायक बासुदेव शर्मा र खड्क योगी, कार्यालय सहयोगी अविनाश वाइवा, हलुका सवारी चालकहरु रमेशप्रसाद घिमिरे र पवित्रबहादुर शाही छन् ।

‘प्रधामनन्त्री कार्यालयको सचिवसहित विभिन्न पदको दरबन्दी कटौती गरेर चुस्त बनाउने क्रममा सचिवालयमा पनि कटौती गरिएको हो’, प्रमुख स्वकीय सचिव दरैले भने –‘यो प्रधामनन्त्रीको अठोट बमोजिमको सुधारको काम हो ।’

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु