adv

मधेश प्रदेश दिवस मनाउँदै जसपा

३ माघ, जनकपुरधाम ।


जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले नेपाललाई संघीय ढाँचामा रूपान्तरण गरेसँगै प्रदेश नम्बर २ लाई पहिचानमा आधारित ‘मधेश प्रदेश’ नामाकरण गरिएको ऐतिहासिक दिन माघ ३ गतेलाई मधेश प्रदेश स्वाभिमान दिवसका रूपमा मनाउँदै छ ।

यसअघि जसपा केन्द्रीय राजनीतिक समिति बैठकले मधेश दिवस मनाउने औपचारिक निर्णय गरेको थियो । पुष २६, २७ र २८ गते सम्पन्न जसपा राजनीतिक समिति बैठकले मधेश प्रदेश स्थापना भएको दिन माघ ३ गते प्रत्येक वर्ष मधेश दिवस मनाउने निर्णय गरेको हो ।

जसपा नेतृत्वको मधेश प्रदेश सरकारले औपचारिक रूपमा आज मधेश प्रदेश स्वाभिमान दिवस मनाउँदै छ । यस अवसरमा मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रको सभाहलमा मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार औपचारिक समारोहका बीच प्रदेश सरकारको प्रमुख कार्यहरुका विवरण सार्वजनिक गर्ने छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु