adv

प्रदेश स्तरीय बाल बिवाह न्युनिकरण तथा महिला सशक्तिकरण कार्यशाला सुरू


३ माघ,बिर्तामोड ।
झापाको बिर्तामोडमा प्रदेश स्तरीय बाल बिवाह न्युनिकरण तथा महिला सशक्तिकरण कार्यशाला सुरू भएको छ ।

महिला जनचेतना केन्द्र काँकरभिट्टाको आयोजनामा तिन दिने कार्यशाला सुरू भएको हो । कार्यशालामा १४ जिल्लाका ६० जना सहभागी रहेका छन् ।

कार्यशालाको सहजीकरण अधिबक्ता वीरबहादुर मगर र महिला अधिकारकर्मी सुनिता मैनालीले गर्ने छन् ।


तालिमको उद्घाटन सत्रमा बोल्दै कार्यक्रमकी प्रमुख अतिथि १ नः प्रदेशसभा सदस्य लक्की गणेशले महिलाहरू आर्थिक रूपले सवल र सक्षम हुंदै आफ्नो अधिकार प्राप्तिका लागि एक भएर अघि बढ्नुपर्ने बताइन् ।

कार्यक्रममा बिर्तामोड नगरपालिका नगरप्रमुख पवित्रा महतारा प्रसाईं, मेचीनगर उपप्रमुख मिना पोखरेल उप्रेती, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख दुर्गाराज रेग्मीले शुभकामना मन्तव्य राखेका थिए ।

केन्द्रकी अध्यक्ष सीता गुरुङको अध्यक्षता भएको कार्यक्रममा संस्थापक अध्यक्ष राधा प्रधानले औचित्यमाथि प्रकाश पारेकी थिइन् भने सञ्चालन सुष्मा राजवंशीले गरेकी थिइन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु