३ माघ, दमक ।

lgjf{rg k|0ffnL / Joj:yfkg k|lqmof ;’wf/ k|:t’tLs/0f sfo{qmd
g]kfndf lgjf{rg k|0ffnL / Joj:yfkg k|lqmof ;’wf/ ljifos cWoogaf6 k|fKt k|f/lDes lgisif{ k|:t’tLs/0f sfo{qmddf k|wfgdGqL k’iksdn bfxfn k|r08Ú . tl:a/M k|bLk/fh jGt÷/f;;
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी सम्बन्धी समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन् ।
बुधबार बिहान भएको एक छलफलमा प्रधानमन्त्री दाहालले सहकारी सम्बन्धी समस्या समाधानका लागि तालुक मन्त्रालय र निकायहरुलाई निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीले सहकारीलाई समाजवादको भ्रुण खडा गर्ने, सामूहिकता र तल्लो वर्गको हितमा केन्द्रित गर्ने गरी ऐनमा नै व्यवस्था हुनुपर्ने बताउँदै दीर्घकालीन र तत्कालीन उपाय अपनाएर सहकारीहरूलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका थिए ।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री दाहालले सहकारीको अनुगमनका लागि प्रभावकारी नियामक निकाय बनाउनुपर्ने विषयमा आफ्नो ध्यान गएको भनेका थिए । उनले सहकारी सम्बन्धी हाल कार्यरत नियामक संस्थाहरूलाई राम्रा, सङ्कटमा रहेका र डुबेका सहकारीहरूको वर्गीकरण गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएका बताइएको छ ।
सहकारीमा बचतकर्ताले राखेको रकमको सुरक्षामा ध्यान दिन आग्रह गर्दै प्रम दाहालले यसमा तिन वटै तहका सरकारको समन्वयमा प्रभावकारी कदम चाल्नसमेत निर्देशन दिएका हुन् ।
सहकारी सम्बन्धी छलफलमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ, नेपाल सरकारका मुख्य सचिव वैकुण्ठ अर्यालसहित सम्बन्धित मन्त्रालय, विभाग र निकायका अधिकारीहरू उपस्थित थिए ।

