३ माघ, दमक ।

निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि मतदान स्थल, मतदान केन्द्र र मतदाता तोकेको छ ।
निर्वाचन आयोगले दिएको जानकारी अनुसार प्रत्येक प्रदेशमा एक–एक वटा मतदान स्थल र सोही मतदान स्थलमा दुई–दुई मतदान केन्द्र रहने गरी सात मतदान स्थल र १४ वटा मतदान केन्द्र तोकेको हो ।
यी मतदान केन्द्रहरुबाट प्रदेश सभाका ५४९ र स्थानीय तहका १४९८ गरेर जम्मा २०४७ मतदाताले मतदान गर्ने आयोगले जनाएको छ ।
तोकिएका मतदान स्थलमा प्रदेश सभाका सदस्यले मतदान गर्न र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नका लागि बेग्ला बेग्लै मतदान केन्द्र तोकिएको आयोगले जनाएको हो ।

