adv

माङसेबुङ २ माओवादी केन्द्रमा गोपाल

३ माघ, माङसेबुङ ।

इलामको माङसेबुङ २ मा सम्पन्न नेकपा माओवादी केन्द्रको वडा सम्मेलनले गोपाल राईलाई अध्यक्ष चयन गरेको छ ।

बुधवार साबिक ईभाङ २ को भवनमा आयोजित सम्मेलनले गोपाल राईको अध्यक्षतामा २१ सदस्यीय वडा समिति गठन गरेको हो ।

समितिका उपाध्यक्षत्रयमा क्रमशः पूर्ण काफ्ले, युवराज जवेगू र हस्तबहादुर काफ्ले चयन भए भनेसचिवमा अशोक राई, सह–सचिवमा हरि राई र कोषाध्यक्षमा पुष्पा राई चयन भए ।

सदस्यहरुहरुमा सुनिता हर्क, देउकुमार, मनबहादुर, मुस्कान, दिपक, ज्ञानु राई, विमल दास, गणेश शंकर, रामचन्द्र लिम्बू, डम्बर आले, यामबहादुर श्रेष्ठ, पूर्ण वजेगू, उदय लिम्बू चयन भए ।

केन्द्रका माङसेबुङ २ अध्यक्ष प्रेम सुब्बाको अध्यक्षतामा आयोजित सम्मेलनको उद्घाटन माओवदी केन्द्रीय सदस्य एवम् पूर्व प्रदेश सदस्य कूलप्रसाद साम्बा कुशल रहेका थिए ।

कार्यक्रममा प्रदेश सचिवालय सदस्य एवम् इलाम जिल्ला इन्चार्ज कान्छा लावती, प्रदेश सदस्य एवम् इलाम जिल्ला संयोजक विजय खम्बू, प्रदेश सदस्य एवम् माङसेबुङ पालिका इन्चार्ज जनम खम्बू लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सम्मेलनका बीच वाईसीएल माङसेबुङ २ वडा समिति गठन गरिएको थियो ।

रामचन्द्र लिम्बूको संयोजकत्वमा वाइसीएलको वडा समिति गठन भएको हो । सदस्यहरुमा ज्ञानु, गोकुल, धनकुमार, महेन्द्र राई र गणेश शंकर चयन भए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु