
माङसेबुङ । इलामको माङ्सेबुङ ३ स्थित बाघमारा टोलमा नेकपा माओवादी केन्द्र टोल कमिटि गठन भएको छ ।
बिहीबार माङसेबुङ ४ को सिमानामा रहेको बाघमारा टोलमा महेश्वर साम्बाको अध्यक्षतामा १५ सदस्यीय टोल कमिटि गठन भएको हो ।
टोल कमिटिको सचिवमा सुनिल लिम्बू चयन भएका छन् भने सदस्यहरुमा बुद्ध लिम्बू, मनविर लिम्बू, खड्गबहादुर शेर्मा लिम्बू, चन्द्र माखिम लिम्बू, अनिल दर्जी, अप्सरा दर्जी, भीम लिम्बू, बगलध्वज लिम्बू, विराज लिम्बू, लक्ष्मी शिवा, अशोक लिम्बू, प्रेम लिम्बू र सुखमाया लिम्बू चयन भएका छन् ।
गठित कमिटिका सदस्यहरु हालै विभिन्न पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए । आगन्तुक सदस्यहरुलाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कुल प्रसाद साम्बा कुशल, प्रदेश सदस्य तथा माङसेबुङ इन्चार्ज जनम खम्बु लगायतको उपस्थितिमा पार्टीमा स्वागत गरिएको थियो ।

