adv

जनमत पार्टी लाज पचाएर सरकारमा छ : मुख्यमन्त्री यादव

८ माघ, जनकपुरधाम ।


मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनमत पार्टीका मन्त्रीहरू लाज पचाएर सरकारमा बसिरहेको आरोप लगाएका छन् ।

जनकपुरधाममा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री यादवले मधेश प्रदेश सरकारको एक वर्षे उपलब्धि सार्वजनिक कार्यक्रमको विरोध गर्ने जनमतका मन्त्रीहरुले नैतिकतामा आधारमा सरकार छोड्नु पर्ने यादवको भनाइ छ ।

जनमत पार्टीका कार्यकर्ताले आफ्नै दुई जना मन्त्री समावेश भएको प्रदेश सरकारविरुद्ध नाराबाजी गरेको भन्दै मुख्यमन्त्री यादवले असन्तुष्टि पोखेका हुन् ।

जनमतका मन्त्रीहरूले मधेश विश्वविद्यालयका रजिष्टार र भिसीलाई थर्काएर ताला लगाएको भन्दै यो गठबन्धनको संस्कृतिभित्र नपर्ने दावी गरे ।

‘११ गतेसम्म बाटो नहेरौँ । गठबन्धनलाई बाटो नहेरौँ । तपाईँहरू सब पछि हटाउनु होला म त आजै हटाइदिन्छु । त्यस्ता अराजक मान्छेलाई सरकारमा राख्नु हुँदैन’, मुख्यमन्त्री यादवले भने ।

मधेस सरकारमा जनमत पार्टीबाट शिक्षा तथा समाजकल्याण मन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंह छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु