adv

मधेस कृषि विश्वविद्यालय भवनको शिलान्यास

८ माघ, जनकपुरधाम ।


जनता समाजवादी पार्टी, नेपाल (जसपा) अध्यक्ष उपेन्द्र यादवले सोमबार मधेस कृषि विश्वविद्यालय भवनको शिलान्यास गरेका छन् ।

अध्यक्ष यादवले मधेश प्रदेशको सप्तरीस्थित राजविराज नगरपालिका १३ विसहरीयामा मधेश गौरव योजनाका रूपमा स्थापना गरिएको मधेश कृषि विश्वविद्यालयको प्रशासनिक, शैक्षिक र प्रयोगशाला भवन शिलान्यास गरेका हुन् ।

गृहजिल्लाको सो विश्वविद्यालय भवन शिल्यानास कार्यक्रममा यादवसहित मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, जसपा नेतृ रेणु यादव, प्रवक्ता मनिस सुमन, प्रदेश अर्थमन्त्री संजय यादव, खेलकुद तथा समाज कल्याण मन्त्री सुरिता साह, ऊर्जा, सिँचाई तथा खानेपानी मन्त्री सिंहासन साह कलवारलगायतको सहभागिता रहेको थियो ।

अघिल्लो कार्यकालमा सप्तरी २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य उपेन्द्र यादवकै संकल्प र प्रयासबाट मधेश कृषि विश्वविद्यालय सप्तरीमा स्थापना भएको भन्दै स्थानीयले यादवलाई नै शिलान्यासको हक हुने स्थानीयले बताए ।

सो कार्यक्रम बिथोल्न वर्तमान प्रतिनिधि सभा सदस्य सिके राउत र उनको पार्टी जनमत पार्टीका कार्यकर्ताले समाजिक सञ्जालमा अनर्गल प्रचार गरे पनि मधेसी जनताको साथ र समर्थनले कार्यक्रम सफल भएको जसपा मधेश प्रदेशले जनाएको छ ।

मधेश प्रदेश सरकारले मधेश कृषि विश्वविद्यालय भवनका लागि आर्थिक वर्ष ०७८÷०७९ मा १ अर्ब ४९ करोड रूपैयाँ वहुवर्षीय योजना शीर्षकमा सुनिश्चित गरेको थियो । त्यसै अनुसार भवन निर्माणका लागि गत आर्थिक वर्षमा ३९ करोड बिनियोजन गरिएको थियो भने आ.व. २०८०/८१ मा ३० करोड विनियोजन भएको बताइएको छ ।

विश्वविद्यालयको २६ बिघा आठ कठ्ठा १८ धुर जग्गामा प्रशासनिक, शैक्षिक र प्रयोगशाला गरी १२ वटा भवन निर्माणका लागि एक अर्ब रूपैयाँमा ठेक्का लागिसकेको छ ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु