adv

राष्ट्रिय सभा निर्वाचन : सोमबार मध्यरातदेखि प्रचार निषेध

८ माघ, दमक ।


राष्ट्रिय सभाको १९ सदस्यका लागि माघ ११ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले सोमबार राति १२ बजेपछि मतदान कार्य समाप्त नहुन्जेलसम्म प्रचारप्रसार निषेध अवधि तोकेको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निषेध अवधिमा कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेद्वारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोस्ट वा सेयर गर्न वा गराउन नहुने जानकारी दिए ।

राष्ट्रिय सभाका १९ सदस्यको पद आगामी फागुन २१ गतेदेखि सकिँदै छ । कार्यकाल सकिनु एक महिनाअघि निर्वाचन गरिनुपर्ने कानुनी व्यवस्था रहेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु