adv

केन्द्रिकृत शासनका कारण संघीयतामाथि प्रहार : नेता कोइराला

९ माघ, विराटनगर ।


नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रीकृत शासन व्यवस्था चलिरहेकाले संघीयतामाथि प्रहार भइरहेको दावी गरेका छन् ।

मंगलबार बिराटनगरमा आयोजित एक कार्यक्रममा बोल्दै नेता कोइरालाले संघीयता राम्रो व्यवस्था भएको र संघीयताले दिएको अधिकारलाई तलसम्म ल्याउनु पर्नेमा जोड दिए ।

पिताजी कृष्णप्रसाद कोइराला स्मृति परिषद्ले पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा कोइरालाले अधिकार तलसम्म आएपछि संघीयता खारेज गरौं भन्नेहरु संघीयताको पक्षमा उभिने दाबी गरेका हुन् ।

‘संघीयता राम्रो व्यवस्था हो । तर, जसरी केन्द्रीकृत शासन व्यवस्था हामी चलाइरहेका छौं, त्यसले संघीयतामाथि प्रहार भइरहेको छ’, उनले भने ।

संविधानको सही कार्यान्वयनका लागि राजनैतिक दलका नेताहरुले अग्रसरता लिनुपर्ने जिकिर गरेका कोइरालाले केन्द्रिकृत शासकीय मानसिकता तोडिनुपर्ने औँल्याएका थिए ।

सो कार्यक्रममा पिताजी कृष्ण प्रसाद कोइराला सम्मान पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई प्रदान गरिएको थियो । सम्मान ग्रहणपछि पूर्वप्रधानन्यायाधीश श्रेष्ठले संविधानमा रहेका त्रुटिहरु पूनरावलोकन गर्ने बेला आइसकेको जिकिर गर्दै प्रजातन्त्रको लाभ जनताले अनुभूति गर्न नपाए विद्रोह हुन सक्नेतर्फ सचेत गराएका थिए ।

‘जनताले हारेको र नेताले जितेको प्रजातन्त्रले मुलुकको विकास गर्न सक्दैन’, उनले भने ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु