adv

दुई श्रेष्ठ परिवारले दिने भए नेवाः देय दवुलाई जग्गा

९ माघ, दमक ।


नेवाः देय दबु दमक नगर समितिलाई झापाको दमक ४ का दुई श्रेष्ठ परिवारले जग्गा दान गर्ने घोषणा गरेका छन् ।

दमक ४ निवासी स्व. लक्ष्मी प्रसाद श्रेष्ठ र गजेन्द्र कुमार श्रेष्ठको परिवारले दवुलाई जग्गादान दिने घोषणा गरेका हुन् ।

मंगलबार दवुले आयोजना गरेको जग्गा दान घोषणा कार्यक्रममा स्व. लक्ष्मी प्रसादका श्रीमती टिकाकुमारी श्रेष्ठ र गजेन्द्र श्रेष्ठका परिवारले दवुलाई क्रमशः १ कठ्ठा ५ धुर र १५ धुर जग्गा दान गर्ने बताएका थिए ।

कार्यक्रममा स्व. लक्ष्मी प्रसादका छोराहरु सूर्य कुमार श्रेष्ठ, किशोर (ज्ञानु) श्रेष्ठ र इन्द्रकुमार श्रेष्ठको समेत सहभागिता रहेको थियो । त्यस्तै दवु दमक नगर अध्यक्ष गजेन्द्र र उनकी श्रीमती रत्नकुमारीको कार्यक्रममा उपस्थिति रहेको थियो ।

दाता परिवारले दमक ४ स्थित मालपोत कार्यालय पश्चिम उत्तरमा उपलब्ध गराउने जग्गामा नेवा:  देय दवु दमकले सामुदायिक भवन र भीमसेन मन्दिर निर्माण गर्ने दवु दमक नगरका वरिष्ठ उपाध्यक्ष राम प्रधानले जानकारी दिए ।

प्रधानका अनुसार जग्गादाताहरुले केही महिनामै आवश्यक प्रक्रिया पूरा गरेर जग्गा संस्थाको नाममा नामसारी गरिदिने सहमति भएको हो । दुवै दाता परिवारलाई दवुले धन्यवाद ज्ञापन गरेको बताइएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु