adv

धिमाल जातीय विकास केन्द्रमा अम्बर, अध्यक्षसहित केही पदमा निर्वाचन

९ माघ, दमक ।


धिमाल समुदायको जातीय संस्था धिमाल जातीय विकास केन्द्र केन्द्रीय समितिको ७ औं राष्ट्रिय महाधिवेशनले अम्बर बहादुर धिमालको अध्यक्षतामा ३९ सदस्यीय नयाँ समिति र तीन सदस्यीय राष्ट्रिय सभाका पदाधिकारी निर्वाचित गरेको छ ।

समितिका सह–अध्यक्षमा केदार धिमाल, खुला उपाध्यक्षहरुमा गिरिराज, व्रतबहादुर, शान्ति र रूकमिणी धिमाल निर्वाचित भए भने महिला उपाध्यक्षमा गंगामाया धिमाल निर्वाचित भएका हुन् । त्यस्तै महासचिवमा मात्रिका धिमाल र सचिवमा अजित कुमार धिमाल, महिला सचिवमा रोमान्सी धिमाल र कोषाध्यक्ष रत्न बहादुर धिमाल निर्वाचित भए ।

त्यस्तै खोज तथा अनुसन्धान बिभाग प्रमुख मोहन कुमार धिमाल, न्याय तथा अनुशासन बिभाग प्रमुख श्री प्रसाद धिमाल, परियोजना विभाग प्रमुख तारीलाल धिमाल, सहकारी विभाग प्रमुखमा प्रथम धिमाल, प्रशिक्षण तथा संगठन प्रमुखमा नारायण राजदोङ्गे र महिला तथा बाल बालिका प्रमुखमा पम्फा धिमाल चयन भएका हुन् ।

महाधिवेशनले केन्द्रीय सदस्यहरूमा त्रमशः मनोज, मिनु, जय बहादुर, राधिका, शंकर, पित बहादुर, सविता, टेकमाया, सावित्रा, बुद्धि माया, लेखलाल, दिपेन्द्र, शिव प्रसादलाई चयन गरेको हो ।

त्यस्तै पुष्पा, हरिलाल, विष्णु, प्रतिमान, भुवन, रतनीमाया, लाल बहादुर, नारायण धिमाल र फुलकुमारी धिमाल केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

राष्ट्रिय सभाको सभामुखमा लोक बहादुर धिमाल, उप सभामुखमा कविन्द्रराज धिमाल र सचिवमा मणिराज धिमाल निर्वाचित भएको केन्द्रले जनाएको छ ।

राष्ट्रिय सभाको उपसभापति, कार्य समितिको अध्यक्ष, सह अध्यक्ष पदमा दुई–दुई जनाको दावी परपछि निर्वाचन भएको थियो । त्यस्तै खुला उपाध्यक्ष, महासचिव र न्याय तथा अनुशासन बिभाग प्रमुखमा तोकिए भन्दा बढी उम्मेद्वारी परेकाले माघ ८ गते मतदान भएको थियो । अन्य पदहरुमा सर्वसम्मत भएको निर्वाचन मण्डलका अध्यक्ष नगेन्द्रबहादुर धिमालले जानकारी दिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु