adv

इतिहास रच्दै फाइनल पुगेको नेपालले उपाधिका लागि आज जोर्डनको सामना गर्ने

१७ फागुन, दमक ।


पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) वुमन्स् च्याम्पियनसिपको फाइनलमा आज नेपालले जोर्डनको सामना गर्दैछ । वाफमा आमन्त्रित टिमका रूपका प्रतियोगिता खेलेको नेपालले डिफेन्डिङ च्याम्पियन जोर्डनसँग उपाधि भिडन्त गर्न लागेको हो ।

साउदी अरेबियामा जारी जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोट्र्स सिटी स्टेडियममा बिहीबार राति हुने फाइनल खेलमा नेपाली महिला फुटबल टोलीले ऐतिहासिक उपाधि भिडन्त गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

नेपाली समय अनुसार राती पौने १० बजेदेखि फाइनल खेर सुरू हुनेछ ।

लगातार पाँच पटक उपाधि जितिसकेको जोर्डन वाफ वुमन्स् च्याम्पियनसिपको डिफेन्डिङ च्याम्पियनसमेत हो ।

नेपालले भने आमन्त्रित टिमको रूपमा पहिलो पटक प्रतियोगितामा सहभागिता जनाएको हो । लगातार तीन खेल जितेर समूह ‘बी’ को विजेता बन्दै प्रतियोगिताको सेमिफाइनल पुगेको नेपालले खेलको अन्तिम सेकेन्डमा प्रीति राईको शानदार गोलसँगै फाइनल यात्रा तय गरेको थियो ।

जोर्डन फिफाको महिला फुटबलको वरियतामा ७४औँ स्थानमा छ भने नेपाल १०५औ स्थानमा रहेको छ ।

आज हुने फाइनल खेलमा नेपाली महिला राष्ट्रिय फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ अनुपस्थित रहने छिन् । फ्रेन्च क्लबमा आबद्ध भण्डारी सो सम्झौताका कारण फाइनल खेल मिस गर्दै फ्रान्सतर्फ उड्ने बताइएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु