adv

माङसेबुङमा शहीद रत्नकुमार वान्तवाको स्मृति दिवस मनाइयो

सजन राई ।

माङ्सेबुङ । इलामको माङ्सेबुङ- २ स्थित रत्न चोकमा रत्नकुमार वान्तावाको ७२औं जन्मजयन्ती तथा ४५औं स्मृति दिवस मनाइएको छ ।
निरंकुश पंचायती व्यवस्था विरुद्ध आन्दोलनमा सहादत प्राप्त गरेका
वान्तावाको आज शालिकमा अबिर तथा माल्यार्पण गरी जन्मजयन्ती तथा स्मृति दिवस मनाइएको हो ।

यस अवसरमा शहीद रत्न कुमार वान्तावाको शालिक भएको पार्क क्षेत्रको सरसफाइ पनि गरिएको थियो ।

सरसफाइ पश्चात नेकपा एमाले माङसेबुड्ं अध्यक्ष मित्र खड्काको अध्यक्षतामा नेकपा एमाले र नेकपा माओवादी केन्द्र माङसेबुङ कमिटिको संयुक्त आयोजनामा सभा स्मृति आयोजना भएको थियो ।

सभामा बोल्दै प्रमुख अतिथि नेकपा माओवादी केन्द्र प्रदेश सदस्य तथा माङसेबुङ इन्चार्ज जनम खम्बुले वामपन्थी कम्युनिस्टहरु एक भइ सर्वहारा वर्गको न्याय र मुक्तिका लागि निरंकुश शासन विरुध्द शहीद भएका अमर शहीदहरुले देखेको सपना पुरा गर्नु पर्ने बताए । साथै सबै शहीदहरुको सम्मान गर्नु पर्ने बताउँदै शहीद रत्नकुमार वान्तावाको हत्या हुनु भनेको सम्पूर्ण श्रमजीवी र सर्वहारा वर्गको हत्या भएको विचार व्यक्त गरे।

त्यसैगरी स्मृति सभाका विशिष्ट अतिथि नेकपा एमाले इलाम जिल्ला सदस्य तथा माङसेबुङ इन्चार्ज हेमन्त माक्रिहाङले शहीदहरुलाई एक दिन सम्झेर शहीदहरुको सम्मान नहुने बताए । शहीदहरुको मार्गनिर्देशमा निरन्तर लाग्नु पर्ने र व्यावहारिक हुन जोड् दिंदै सर्वहारा मुक्तिको लागि पञ्चायतको दमन विरुध्द सहादत प्राप्त गर्ने रत्न कुमार वान्तावाको रगतले भिजेको ठाउँको पर्याप्त विकास नहुनु शहिद प्रतिको सम्मान नपुगेको बताए ।

देशका विभिन्न क्षेत्रमा आजको दिन वामपन्थीहरुले विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाउदै आइरहेको छ । साथै रत्न बम प्रतिष्ठानले हरेक वर्ष वान्तवाको स्मृति दिवस मनाउँदै आएको छ ।

वि.सं. २०३५ चैत २७ गते हत्या भएको वान्तावाको जन्म वि.सं. २००८ चैत २७ गते इलाम जिल्लाको चमैा स्थित चित्रे (हाल देउमाई नगरपालिका १) मा बुबा गर्जमान राई र आमा पुष्पमाया राईका ११ सन्तानमा चौंथो सन्तानका रूपमा भएको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु