adv

प्रदेश १ मा विशेष अधिवेशन आव्हान, एमाले र माओवादी नयाँ कसरतमा

२८ चैत, बिराटनगर ।


प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश १ को प्रदेशसभा अधिवेशन आव्हान गरेका छन् ।

प्रदेशसभाको सदस्य संख्याको एक चौथाई भन्दा बढी प्रदेशसभा सदस्यहरूले सोमबार प्रदेश अधिवेशनको माग गर्दै लिखित अनुरोध गरेका आधारमा प्रदेश प्रमुख खापुङले अधिवशेन आव्हान गरेका हुन् ।

नेपालको संविधानको धारा १८३ को उपधारा (३) बमोजिम २०८१ साल वैशाख ६ गते विहिबार दिनको १ः०० बजे प्रदेशभा हल विराटनगरमा प्रदेशसभाको अधिवेशन आव्हान गरिएको प्रदेश प्रमुखको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

कन्द्रीय सरकारमा सत्ता समिकरण फेरबदल भएसँगै देशैभर काँग्रेस इतर प्रदेश सरकार गठनको क्रम चलिरहेको बेला प्रदेश १ मा समेत केदार कार्की नेतृत्वको सरकार ढालेर एमाले नेतृत्वको सरकार निर्माणको राजनीतिक कसरत सुरु भएको छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले यसअघि केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएर दुई दलका ५२ जना प्रदेशसभा सदस्यहरुले नयाँ सरकार गठन प्रक्रिया र प्रदेशसभाको विषेश अधिवेशन माग गर्दै प्रदेश प्रमुखलाई निवेदन दिएका थिए ।

विवादित नाम पाएको कोशी प्रदेशमा केन्द्रीय सत्ता समिकरण अनुसार एमालेका हिक्मत कार्की पुनः मुख्यमन्त्री हुने पक्का जस्तै छ । तर, सरकार गठन र विघटनका बिगतका राजनीतिक अभ्यासहरुमा सर्वोच्च अदालतका फैसलाहरुले समेत विशेष महत्व राख्ने राजनीतिक वृत्तमा चर्चा चल्न थालेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु