adv

बिर्तामोडको अदुवा पुल नजिकै एक महिला मृत फेला

बिर्तामोड। झापाको बिर्तामोड नगरपालिका– ४ स्थित अदुवा पुल नजिकै एक महिला मृत फेला परेकी छिन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत भेटिएकी महिला अन्दाजी ३५ वर्षकी सुनिता राजवंशी रहेको र उनी कवाडीको सामान उठाउने काम गर्दै आइरहेको जनाइएको छ ।


मृत भेटिएकी महिला अदुवा पुल उत्तरको एक घरमा बस्दै आएको जानकारी प्रहरीलाई प्राप्त भएको छ । शनिवार राती ९ बजेको समयमा उनको शव भेटिएको र हाल पोस्टमार्टमका लागि लागिएको छ । घटनाको बारेमा प्रहरीले अनुसन्धान थालेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु