adv

इट्टा भट्टामा मान्छे पोल्ने आलमसहित ४ जनालाई जन्मकैद हुने

१३ बैशाख, दमक ।


पूर्व काँग्रेस नेता मोहमद अफताब आलमलाई जन्मकैद फैसला भएको छ ।

रौतहटको राजपुर बम काण्डका दोषी ठहर भएका आलमसहित उनका तीन जना सहयोगीसमेतलाई बिहीबार जन्मकैदको फैसला भएको हो ।

न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमसहित उनका भाइ महताब आलम, शेष सेराज र बद्री सहनीलाई विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरमा दोषी ठहर गर्दै जन्मकैद हुने फैसला गरेको हो ।

अदालतले प्रतिवादी रहेका मुक्ति सहनीलाई भने सफाइ दिएको छ । घटनामा संलग्न भइ फरार रहेकाहरुको मुद्दा भने मुल्तबीमा राख्न भनिएको छ ।

रौतहटको राजपुरमा २०६४ चैत २७ गतेको आफ्नै निर्देशनमा आलमले बम बनाउन लगाएको र अचानक बम विस्फोट भएपछि स्थानीय पिन्टु भन्ने त्रिलोक प्रताप सिंह र ओसी अख्तर मियाँ घाइते भएका थिए । घाइँते दुवैलाई आलमकै निर्देशनमा इट्टा भट्टीमा जलाइएको थियो ।

सुरुमा प्रहरीले यस घटनामा मुद्दा चलाउन मानेको थिएन । पीडित परिवार न्यायका लागि हारगुहार गरेपछि सर्वोच्च अदालतको निर्देशनात्मक आदेशबाट घटना बारे पुनः अनुसन्धान गरिएको थियो ।

२०७६ कात्तिक १८ गते रौतहट जिल्ला अदालतमा ‘विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धीको कसुर’ मा मुद्दा दर्ता भएसँगै २०७६ साल कात्तिक २९ गते न्यायाधीश दीपक ढकालको इजलासले आलमसहित पक्राउ परेका व्यक्तिहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

सो आदेशविरुद्ध आलम उच्च अदालत र सर्वोच्च अदालत पुगेका थिए । तर, दुवै अदालतले आलमलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने आदेश दिएको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु