adv

थुनिएको थुनिएकै टोपबहादुर !

१३ बैशाख, दमक ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपित भई थुनामा रहेका एमाले नेता एवम् पूर्व उपप्रधानमन्त्री टोपशादुर रायमाझीलाई थुनामुक्त नगर्न सर्वोच्चले आदेश दिएको छ ।

बिहीबार न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुङ्गानाको इजलासले रायमाझीसहित अन्य ६ जनालाई धरौटीमा वा सामान्य तारेखमा छाड्न अस्वीकार गरेको हो ।

यस अघि जिल्ला अदालत काठमाडौँ र उच्च अदालत पाटनले सातै जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनीहरूले सर्वाेच्चमा पुनरावेदन गरेका थिए ।

नक्कली भुटानी शरणार्थी काण्डमा रायमाझीसहित तत्कालीन गृह सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजित राई, भुटानी शरणार्थी प्रकरणका मुख्य आरोपी केशव दुलाल, सानु भण्डारी, सागर राई र सन्देश शर्मा थुनामै छन् ।

सो काण्डका आरोपित पूर्व गृहमन्त्री एवम् नेपाली काँग्रेसका नेता बालकृष्ण खाँड, भुटानी शरणार्थी नेता टेकनाथ रिजाललगायत भने थुनामुक्त भएर मुद्दा लडिरहेका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु