adv

इलाम २ उपनिर्वाचन – निर्वाचन सफल बनाउन सबैले सहयोग गर्ने

१३ बैशाख, इलाम ।


इलाम २ मा शनिबार सम्पन्न हुने उपनिर्वाचनको मतदान कार्यक्रमलाई सफल पार्न सबै राजनीतिक दल र सरोकारवालाले आवश्यक सहयोग र समन्वय गर्ने भएका छन् ।

बिहीबार इलाम सदरमुकाममा सम्पन्न सर्वदलीय सर्वपक्षीय समन्वय बैठकमा यस्तो निर्णय गरिएको हो ।

इलाम जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा बसेको बैठकमा मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश केशव घिमिरे, निर्वाचन आचार संहिता अनुगमन अधिकृत कोलेनिका प्रमुख राजेन्द्र आचार्यलगायत सुरक्षा निकायका प्रमुख र चुनावी कमाण्डरहरु, राजनीतिक दलका जिल्लास्थित प्रमुख र प्रतिनिधिहरु, सञ्चारकर्मीहरु सहभागी थिए ।

निर्वाचन सुरक्षालाई लक्षित गरी जिल्ला प्रशासन कार्यालयमा निर्वाचन कमाण्ड पोष्ट राख्ने बैठकले निर्णय गरेको छ । सो कमाण्डमा जिल्ला सुरक्षा समितिका पदाधिकारीे र राजनीतिक दल र उम्मेद्वारका इच्छुक प्रतिनिधि रहन सक्ने छन् ।

बैठकले स्वच्छ, निष्पक्ष एवम् भयरहित वातारणमा निर्वाचन सम्पन्न गर्न मतदान नसकिएसम्म निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ र निर्वाचन आचार संहिता, २०७९ को दफा १७ र १८ पूर्ण रूपमा कार्यान्वयन गर्नेसमेत निर्णय गरेको हो ।

त्यस्तै, बैठकले मतदानका दिन बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म जिल्लाभर यातायात बन्द गर्ने निर्णय गरेको छ ।

निर्वाचन कार्यक्रमको रिपोर्टिङका लागि मिडिया हाउसको सिफारिसका आधारमा सञ्चारकर्मीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट सवारी पास उपलब्ध गराउने र अन्य आवश्यक सवारी पाससमेत सोही कार्यालयबाट उपलब्ध गराउने बैठकको निर्णय छ ।

बैठकले गर्भवती महिला, बच्चा बोकेकी आमा, किरियापुत्री, शारीरिक रूपले अशक्त वा अपाङ्ग भएका व्यक्ति र ज्येष्ठ नागरिकहरुको हकमा सर्वदलीय/सर्वपक्षीय सहमतिका आधारमा सम्बन्धित मतदान अधिकृतबाट सवारी साधनको अनुमति पत्र उपलब्ध गराउने निर्णय गरेको हो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु