adv

दमकमा ‘तुम्मिरो क्याफे’ सञ्चालनमा,गायक एकदेवले गरे उद्घाटन

१३ दमक,बैशाख । झापाको दमकमा आजदेखि ‘तुम्मिरो क्याफे’ सञ्चालनमा आएको छ । दमक–५ बेलडाँगी रोडस्थित सेवारो कम्प्लेक्सको दोस्रो तलामा सञ्चालनमा आएको सो क्याफेको चर्चित गायक एकदेब लिम्बूले उद्घाटन गरेका छन्।

‘तुम्मिरो क्याफे’को उद्घाटनपछि गायक एकदेब लिम्बूले लिम्बू भाषा, संस्कृति र मुन्धुममा आधारित क्याफेको सफलताको शुभकामना गरेका थिए। उनले क्याफेको नामअनुसारको सेवा र यहाँ उपलब्ध हुने फाष्टफुड तथा चिया–कफी स्वच्छ, सफा, र उत्कृष्ट स्वाद हुनुपर्नेमा जोड दिए ।

युवा व्यवसायी अश्मिन फियाकले तुम्मिरो क्याफे सञ्चालनमा ल्याएका हुन्। क्याफेमा अनुमानित ३० लाख लगानी भएको सञ्चालक  फियाकले बताए । उनका अनुसार प्रर्दशनमा आउन लागेको चलचित्र मनसरा हेरेपछि टिकट ल्याएर आउने ग्राहकहरुका लागि विशेष छुटको व्यवस्था हुने छ ।

सो क्याफेमा इटालियनसहित फाष्टफुडका विभिन्न परिकारहरु पाइनुका साथै चिया, कफि, ग्रीन टी, आइस टी, हर्टलेमन लगायतका हाइजेनिक पेय पदार्थहरु उपलब्ध हुने सञ्चालक अशमिन फियाकले जानकारी दिए । क्याफेमा ६ जना दक्ष र अनुभवी कुकमेन र वेटरहरु छन् ।

क्याफेको उद्घाटन समारोहको सहजिकरण सञ्चारकर्मी भूमिका फियाकले गरेकी थिइन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु