adv

इलाम २ मा ३३ प्रतिशत मत खस्यो

 कमन देवान
१५ बैशाख, चुलाचुली ।

इलाम २ उपनिर्वाचनमा शनिबार जारी मतदान कार्य शान्तिपूर्ण रूपमा भैरहेको छ ।

इलाम २ का मुख्य निर्वाचन अधिकृत एवम् इलाम जिल्ला न्यायाधीश केशव घिमिरेका अनुसार मध्यान्ह १२ बजेसम्ममा ३३ प्रतिशत हाराहारी मतदान भएको हो ।

अधिकांश मतदानस्थलहरुमा बिहानैदेखि मतदाताको सहभागिता उत्साहपूर्ण भैरहेको निर्वाचन कार्यालय इलामले जनाएको छ ।

कतिपय पहाडी वडाहरुमा मतदानस्थल टाढा र अपायक भएकाले बिहानको समयमा मतदाताको चहलपहल कम देखिएको निर्वाचन आयोगले जनाएको हो ।

विभिन्न छ वटा पालिकाका ४२ वडा समेटिएका इलाम २ का ७९ मतदानस्थलका १४९ मतादान केन्द्रबाट मतदान भैरहेको छ ।

यसैबीच, विभिन्न दलबाट र स्वतन्त्रतर्फका गरि चार जना उम्मेद्वारले ११ बजे भन्दा अगाडि नै मतदान गरिसकेका हरप्रहर न्यूजलाई जानकारी प्राप्त भएको छ ।

मतदान सुरु भएलगत्तै इलाम ७ स्थित महेन्द्र रत्न बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रबाट एमाले उम्मेद्वार सुहाङ नेम्बाङले मतदान गरेका थिए ।

त्यस्तै, रास्वपा उम्मेद्वार मिलन योङहाङ लिम्बूले माङसेबुङ २ को दहगाउँस्थित जनता कल्याण आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

त्यस्तै नेपाली काँग्रेसका उम्मेद्वार डम्बरबहादुर खड्काले पनि महेन्द्र रत्न बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रबाट नै मतदान गरेका हुन् ।

पहिचानवादीका साझा उम्मेद्वार डकेन्द्रसिंह लिम्बूले भने फाकफोक ३ आमचोकको सिंहदेवी माविस्थित मतदान केन्द्रबाट मतदान गरे।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु