adv

इलाम २ मा दिउँसो २ बजेसम्ममा ४२ प्रतिशत मत खस्यो

१५ बैशाख, चुलाचुली ।

 

इलाम २ उपनिर्वाचनमा दिँसो २ बजेसम्ममा ४२ प्रतिशत मत खसेको छ ।

मतदान कार्य शान्तिपूर्ण रूपमा भैरहेको इलाम २ का मुख्य निर्वाचन अधिकृत एवम् इलाम जिल्ला न्यायाधीश केशव घिमिरेले जानकारी दिएका छन् ।

कतिपय पहाडी वडाहरुमा मतदानस्थल टाढा र अपायक भएकाले बिहानको समयमा मतदाताको चहलपहल कम देखिएको निर्वाचन आयोगले जनाएको हो ।

विभिन्न छ वटा पालिकाका ४२ वडा समेटिएका इलाम २ का ७९ मतदानस्थलका १४९ मतादान केन्द्रबाट मतदान भैरहेको छ । इलाम २ मा १ लाख १६ हजार ८८९ मतादाता छन् ।


इलाम २ उपनिर्वाचन उम्मेद्वारका रूपमा स्वतन्त्र ७ र राजनीतिक दलका १२ गरी १९ जना मैदानमा छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु