adv

इलाम २ उपनिर्वाचन मतदान सकियो करिब ६६ हजर (५७ प्रतिशत) मत खसेको अनुमान

कमन देवान
१५ बैशाख, दमक

इलाम २ मा मतदान सकिएको छ ।

पमुख निर्वाचन अधिकृत इलाम जिल्ला अदालतका न्यायाधीश केशव घिमिरेले मतदान कार्यक्रम साँझ ५ बजे सम्पन्न भएको जानकारी दिए ।

‘करिब ६६ हजर (५७ प्रतिशत) मत खसेको अनुमान  छ’, प्रमुख निर्वाचन अधिकृत घिमिरेले भने –‘मतदान सकेर अब मतपेटिका सिलबन्दी गर्ने र सबै मतदान केन्द्रहरुबाट संकलन गरेर इलाम सदरमुकाम ल्याउने तयारी थालेका छौं ।’

मत गणना कार्य आजै हुने वा नहुने भन्ने बारे भने राजनीतिक दल र स्वतन्त्र उम्मेद्वारका प्रतिनिधि सहित सर्वदलीय / सर्वपक्षीय बैठक बसेर निर्णय गरे अनुसार हुने निर्वाचन कार्यालयले जनाएको छ ।

विभिन्न छ वटा पालिकाका ४२ वडा समेटिएका इलाम २ का ७९ मतदानस्थलका १४९ मतादान केन्द्रबाट मतदान भैरहेको छ । इलाम २ मा १ लाख १६ हजार ८८९ मतादाता छन् ।

इलाम २ उपनिर्वाचन उम्मेद्वारका रूपमा स्वतन्त्र ७ र राजनीतिक दलका १२ गरी १९ जना मैदानमा छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु