adv

तेस्रो लगानी सम्मेलन सुरु

१६ बैशाख, काठमाडौँ ।


विश्वभरका लगानीकर्तालाई नेपालमा लगानीका लागि आकर्षित गर्ने लक्ष्यसहित आयोजित लगानी सम्मेलन आजबाट सुरु भएको छ । पाँच वर्षपछि आयोजित सम्मेलन दुई दिनसम्म चल्ने छ ।

सरकारी स्रोतले दिएको जानकारी अनुसार लगानी सम्मेलनमा सहभागिताका लागि ५५ मुलुकहरबाट १६ सयभन्दा बढी लगानीकर्ताको सहभागिता छ । सरकारले गोरखा भूकम्पपछि २०७३ सालमा र २०७५ सालमा पनि यसैगरी लगानी सम्मेलन आयोजना गरेको थियो ।

बीचको समयमा कोरोना भाइरस संक्रमणका कारण लगानी सम्मेलन आयोजना हुन सकेन । तर, बिगतका दुई वटा लगानी सम्मेलनमा विदेशी लगानीकर्ताका प्रतिबद्धता बमोजिम लगानी भने आएको थिएन ।

सम्मेलनमा नेपालका ३८५ जना, चीनबाट २६५ जना, भारतबाट १४३ जना सहभागी हुँदैछन् । त्यस्तै, अमेरिकाबाट ३३ जना, जापानबाट २८ जना, बेलायतबाट १४ जना, बङ्गलादेशबाट १३, संयुक्त अरब इमिरेट्सबाट १३ जना र जर्मनीबाट १० जना लगानीकर्ता सम्मेलनमा आएका हुन् ।

लगानी बोर्डका प्रवक्ता प्रद्युम्न प्रसाद उपाध्यायले तेस्रो लगानी सम्मेलनमा प्रस्तुतीका लागि १४८ वटा परियोजना छनौट गरेको छ । लगानी बोर्डको प्राविधिक कमिटीले ८ चरणमा वर्गीकरण गरेर १४८ परियोजना छानेको हो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु