adv

इलाम २ मा ११ बजेबाट मतगणना सुरु गर्ने सर्वदलीय बैठकको निर्णय

एक उम्मेद्वारका एक प्रतिनिधि रहन पाउने

१६ बैशाख, इलाम ।

इलाम २ को एक मतदान केन्द्रमा मत खसाउँदै गरेकी एक महिला मतदाता ।

इलाम २ को मतगणना आइतबार बिहान ११ बजेबाट सु्रु हुने भएको छ ।

बिहान ८ बजेदेखि बसेको सर्वदलीय बैठकले बिहान ११ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरिएको हो ।

बैठकले गौतम बुद्ध सभागृहभित्रै दुई ठाउँमा मतगणना गर्ने र प्रत्येक गणनास्थलमा एक उम्मेद्वारका एक जना मात्रै प्रतिनिधि सहभागी गराउने निर्णय गरेको बताइएको छ ।

बैठक सकिएको र ११ बजेबाट मतगणना कार्य सुरु गरिने इलाम जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका हुन् ।
मतगणनामा उम्मेद्वारका प्रतिनिधि हुन इलाम २ का मतदातालाई मात्रै छुट हुनेछ ।

इलाम २ का १ लाख १५ हजार ८८९ मतदाता रहेकामा शनिबार सम्पन्न मतदानमा  ६९ हजार २८७ (६० प्रतिशत) मत खसेको अनुमान गरिएको इलाम २ मा राजनीतिक दलका १२ र स्वतन्त्रका ७ जना गरी जम्मा १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

एमाले नेता एवम् सांसद सुवासचन्द्र नेम्वाङको निधन भएका कारण रिक्त इलाम २ को प्रतिनिधिसभा सदस्य पदका लागि उपनिर्वाचन भएको हो । एमालेबाट सुवासपुत्र सुहाङ नेम्बाङ, काँग्रेसबाट सुवासका निकटतम प्रतिद्वन्द्वी डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलनकुमार योङहाङ लिम्बू । पहिचानवादीका साझा उम्मेद्वार बनाइएका डकेन्द्रसिंह लिम्बूबीच मुख्य चुनावी प्रतिस्पर्धामा हुने अनुमान गरिएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु