१६ बैशाख, इलाम ।
इलाम २ को मतगणना कार्य भर्खरै सुरु भएको छ ।
गौतम बुद्ध सभागृहभित्रै दुई ठाउँमा मतगणना कार्य सुरु गरिएको इलाम प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । प्रजिअ यादवका अनुसार आइतबार बिहान ११ बजेबाट सुरु गर्ने भनिएको मतगणना मध्यान्न १२ बजेबाट बल्ल मतपत्र सर्टिङ सुरु भएको हो ।
बिहान ८ बजे बसेको सर्वदलीय बैठकले बिहान ११ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको थियो ।
मतगणनास्थलमा एक उम्मेद्वारका एक जना प्रतिनिधि सहभागी गराइएको निर्वाचन कार्यालयले जनाएको छ ।
इलाम २ का १ लाख १५ हजार ८८९ मतदाता रहेकामा शनिबार सम्पन्न मतदानमा ६९ हजार २८७ (६० प्रतिशत) मत खसेको अनुमानगरिएको इलाम २ मा राजनीतिक दलका १२ र स्वतन्त्रका ७ जना गरी जम्मा १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
यस निर्वाचन क्षेत्रमा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिकाका सबै वडा र इलाम नगरपालिका(१० नम्बर वडा बाहेक) ११ वटा वडा, देउमाई नगरपालिकाका सबै वडा, माई नगरपालिकाका ६, ७ र ८ वडा गरी ४२ वटा वडा रहेकाछन् ।
एमाले नेता एवम् सांसद सुवासचन्द्र नेम्वाङको निधन भएका कारण रिक्त इलाम २ को प्रतिनिधिसभा सदस्य पदका लागि उपनिर्वाचनभएको हो ।
एमालेबाट सुवासपुत्र सुहाङ नेम्बाङ, काँग्रेसबाट सुवासका निकटतम प्रतिद्वन्द्वी डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीबाटमिलनकुमार योङहाङ लिम्बू, पहिचानवादीका साझा उम्मेद्वार बनाइएका डकेन्द्रसिंह लिम्बूबीच मुख्य चुनावी प्रतिस्पर्धामा हुने अनुमानगरिएको छ ।