adv

इलाम २ उपनिर्वाचन – फाकफोकथुम गापाको सबै वडा गनियो

नेम्बाङ र खड्काबीच १ हजार १५५ मतको अन्तर

१६ बैशाख, इलाम ।


इलाम २ उपनिर्वाचनको जारी मतगणनामा फाकफोकथुमका सबै ७ वटा वडाको मतगणना सम्पन्न भएको छ । राति ११ बजे फाकफोकथुमका सबै वडाका मतगणना सम्पन्न गरी नतिजा सुनाइएको हो ।

फाकफोकथुमको मतगणनाका आधारमा एमाले उम्मेद्वार सुहाङ नेम्बाङको अग्रता १ हजार भन्दा बढी कायम भएको छ ।

फाकफोकथुम गाउँपालिकाको सबै १, २, ३, ४, ५, ६ र ७ नम्बर वडाको मतगणना सकिँदा एमालेका उम्मेद्वार नेम्बाङ ४ हजार ४१३ मतका साथ अग्रस्थानमा छन् । काँग्रेस उम्मेद्वार डम्बर खड्काको ३ हजार २५८ मतका साथ नेम्बाङलाई पछ्याइरहेका छन् । दुई उम्मेद्वारका बीच १ हजार १५५ मतान्तर रहेको छ ।

पहिचानवादी उम्मेद्वार डकेन्द्रसिंह लिम्बूले ९६३ मत पाएर तेस्रो स्थानमा कायमै छन् भने रास्वपाका मिलनकुमार योङहाङ लिम्बू ६४५ मतका साथ चौँथो स्थानमा छन् ।

निर्वाचन कार्यालय इलामले दिएको जानकारी अनुसार हालसम्म मतगणना कार्य शान्तिपूर्ण र निरन्तर जारी रहेको छ भने अब पूर्व सहमति अनुसार चुलाचुली गाउँपालिकाको मत गणना गरिनेछ ।

इलाम २ का १ लाख १५ हजार ८८९ मतदाता रहेकामा शनिबार सम्पन्न मतदानमा ६९ हजार २८७ (६० प्रतिशत) मत खसेको अनुमान गरिएको इलाम २ मा राजनीतिक दलका १२ र स्वतन्त्रका ७ जना गरी जम्मा १९ जना उम्मेद्वार प्रतिस्पर्धामा छन् ।

यस निर्वाचन क्षेत्रमा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिकाका सबै वडा र इलाम नगरपालिका(१० नम्बर वडा बाहेक) ११ वटा वडा, देउमाई नगरपालिकाका सबै वडा, माई नगरपालिकाका ६, ७ र ८ वडा गरी ४२ वटा वडा समावेश छन् ।

एमाले नेता एवम् सांसद सुवासचन्द्र नेम्वाङको निधन भएका कारण रिक्त इलाम २ को प्रतिनिधिसभा सदस्य पदका लागि उपनिर्वाचन भएको हो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु