adv

हिक्मतकुमार कार्की तेस्रो पटक मुख्यमन्त्री

२७ बैशाख, दमक ।


विवादित नाम पाएको कोशी प्रदेशमा बिहीबार नयाँ मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् ।

प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा ५ अनुसार कार्कीलाई नयाँ मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

कार्कीको समर्थनमा नेकपा एमालेका ३९ र माओवादी केन्द्रका १३ प्रदेश सभा सदस्यहरुले कार्यालयमा सनाखती हस्ताक्षर गरेपछि प्रदेश प्रमुख खापुङले नयाँ मुख्यमन्त्रीका रूपमा कार्कीलाई नियुक्त गरेका प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

नवनियुक्त मुख्यमन्त्री कार्कीको आजै साँझ ५ बजे सपथ गराउने बुझिएको छ । सानो आकारको मन्त्रिपरिषद् गठन हुन सक्ने स्रोतको दावी छ ।

प्रदेश प्रमुख पर्शुराम खापुङले शुक्रबार साँझ ५ बजेसम्मको समय दिएर मुख्यमन्त्रीमा दाबी पेस गर्न बुधबार राति आह्वान गरेका थिए ।

मुख्यमन्त्रीमा नियुक्त भएका कार्की यसअघि दुई पटक मुख्यमन्त्री भइसकेका छन् । उनी २०७९ पुष २४ मा पहिलो पटक माओवादी केन्द्र, जसपा र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका थिए । त्यस्तै, सर्वाेच्च अदालतको परमादेशसँगै २०८० भदौ २२ गते ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका थिए । तर, कार्कीले दुवै कार्यकालमा वर्ष दिन पनि सत्ता भोग गर्न पाएनन् ।

केन्द्रमा पुनः एमाले र माओवादीसहित गठबन्धन सरकार गठनको परिणामस्वरूप झापा ५ (२) बाट निर्वाचित कार्की तेस्रो पटक मुख्यमन्त्री बनेका हुन् ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । कार्कीलाई एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थन छ ।

मुख्यमन्त्रीबाट भर्खरै पदमुक्त बनेका केदार कार्की भने यसै विषयलाई लिएर सर्वोच्च जाने भएका छन् । ५२ जना प्रदेश सभा सदस्यहरुको सनाखतका आधारमा प्रदेश प्रमुख खापुङले एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई नयाँ मुख्यमन्त्री नियुक्त गरेको विरुद्ध रिट दायर गर्न कार्की जालै काठमाडौं पुगेका हुन् ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु