adv

मुख्यमन्त्री कार्कीसहित दुई मन्त्रीको सपथ

२७ बैशाख, दमक ।


प्रदेश प्रमुख परशुराम खापुङले विवादित नाम पाएको कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पद तथा गोपनियताको शपथ गराएका छन् ।

लगत्तै मुख्यमन्त्री कार्कीको उपस्थितिमा रामबहादुर मगर (राम राना) र गणेश उप्रेतीले मन्त्री पदको सपथ लिएका थिए ।

बिहीबार बिहान संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले साँझ प्रदेश प्रमुख खापुङबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

आफ्नो शपथ लगत्तै कार्कीले नेकपा एमालेबाट इलामका रामबहादुर मगर (राम राना) र नेकपा माओवादी केन्द्रबाट मोरङका गणेश उप्रेतीलाई मन्त्री नियुक्त गरेर सपथ गराएका थिए । हाल दुवै जना विना बिभागीय छन् ।

नेकपा एमाले संसदीय दलका उपनेतासमेत रहेका राम राना प्रदेश १ को प्रदेश सभामा गैरसरकारी विधेयकका रूपमा कोशी नाम प्रस्तावका रूपमा दर्ता गर्ने प्रदेश सभा सदस्य हुन् । उनलाई यसअघि केदार कार्की नेतृत्वको सरकारमा पनि मन्त्री बनाइएको थियो । तर, राना लामो समय पदमा बस्न पाएनन् । एमालेले आफ्ना मन्त्री फिर्ता बोलाउँदा उनी पद मुक्त भएका थिए ।

उप्रेतीले भने केदार कार्की नेतृत्वको सरकारमा पर्यटन, वन तथ वातावरण मन्त्री बनेर गत चैत २६ गते राजीनामा दिएका थिए ।

मुख्यमन्त्री कार्कीलाई एमालेका ३९ र माओवादी केन्द्रका १३ सांसदले समर्थन गरेका छन् ।

हिक्मतकुमार कार्कीको सपथ अघि नै निवर्तमान मुख्यमन्त्री केदार कार्कीले भने उनको नियुक्ति असंवैधानिक भएको भन्दै बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु