adv

माङसेबुङ गापाले ९ वटा आधारभूत विद्यालयलाई दियो कम्प्युटर र प्रिन्टर

जेठ, माङसेबुङ ।

माङसेबुङ गाउँपालिकाले पालिकाभरका विभिन्न ९ वटा आधारभूत विद्यालयलाई कम्प्युटर र प्रिन्टर वितरण गरेको छ ।

आर्थिक वर्ष २०८०/०८१ को अध्यक्ष विकास कोषबाट पालिकाका विद्यालयहरुलाई कम्प्युटर प्रिन्टर वितरण गरिएको हो

‘सामुदायिक विद्यालयहरुको लेखा तथा जिन्सि सामग्री व्यवस्थापनमा यस कार्यले थप मद्दत गर्ने विश्वास लिएका छौं ‘, माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले भने ।

अध्यक्ष राईका अनुसार अघिल्ला आर्थिक वर्षहरुमा समेत सामुदायिक विद्यालयहरुलाई प्रविधिमैत्री बनाउने लक्ष्य अनुरूप कम्प्युटर र प्रिन्टर वितरण गरिँदै आइएको छ ।

यस कार्यक्रममा आधारभूत विद्यालयहरुलाई प्राथमिकतामा राखेर सामग्री वितरण गरिएको हो

पालिकाका सिंहेश्वरी आ.वि., माङमालुङ .वि., खाम्नुवा .वि., सिंहदेवि .वि., बालदिप .वि., पवित्रा .वि., मण्डिका.वि., जनज्योति .वि. र जयश्वरी .वि. ले कम्प्युटर र प्रिन्टर प्राप्त गरेको माङसेबुङ गाउँपालिका प्रवक्ता सुसन राईले जानकारी दिए ।   

पालिका केन्द्र इभाङमा आयोजित सो कार्यक्रममा माङसेबुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिनोद चौहान, वडा नम्बर ६ अध्यक्ष प्रदिप साम्पाङ, वडा नम्बर २ अध्यक्ष कृष्ण बहादुर बस्नेत, शिक्षा शाखा प्रमुख वुद्धि खतिवडा लगायत सहभागी थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु