काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । नयाँ खरिद मूल्य प्राप्त भएपछि पेट्रोललगायतको मूल्यमा समायोजन गर्दै निगमले मूल्य घटाएको हो ।
इन्डियन आयल कर्पोरेसनबाट बुधबार प्राप्त नयाँ खरिद मूल्यअनुसार नेपालमा पेट्रोलमा ७ रुपैयाँ घटाएको छ । यस्तै, डिजेल/मट्टितेल लिटरमा ५ रुपैयाँ घटाइएको छ । नयाँ मूल्य शनिबार मध्यरातदेखि लागू हुनेछ ।
यसअघि पेट्रोल प्रतिलिटर १७८ र डिजेल/मट्टितेल लिटरमा १५९ रुपैयाँ थियो । अब पेट्रोल उपत्यकामा १७१ र डिजेल/मट्टितेल लिटरको १५४ रुपैयाँ पर्ने निगमका प्रवक्ता मनोज ठाकुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।