सजन राई,दमक । झापाको दमकमा अवस्थित दमक नमुना ब्याडमिन्टन एकेडेमिको प्रथम आन्तरिक ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । दमक ७ रतुवा खोला नजिकै नमुना बस्ती छेउमा रहेको दमक नमुना ब्याडमिन्टन एकेडेमिमा उक्त प्रतियोगिता हुने भएको हो ।
“प्रथम आजीवन सदस्य तथा नियमित खेलाडीहरु बिच आन्तरिक प्रतियोगिता तथा भेटघाट कार्यक्रम २०८१” नामक यो प्रतियोगिता २ दिन हुनेछ ।
आपसि सद्भाव कायम रहनुका साथै भाइचारा बढ्ने हुदाँ यो प्रतियोगिता तथा भेटघाट कार्यक्रम गर्न लागेको एकेडेमिका अध्यक्ष प्रकाश विराहाङ राईले बताए । उनले आजीवन सदस्यहरु बिच एकआपसमा चिनजान हुन पनि यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
शुक्रवार बिहान ७ बजे बाट सुरु हुने प्रतियोगिताको फाइनल भने शनिवार बिहान १० बजे सम्ममा सक्ने लक्ष्य राखेको खेल संयोजक जसमाया राईले बताइन् । साथै एउटै प्रकारको इभेन्ट हुने प्रतियोगितामा पुरुष,महिला तथा उमेर समूहका खेलाडीहरु सबैको सहभागिता रहने जानकारी दिइन् ।
प्रतियोगिताको प्रथम पुरस्कार १० हजार,दोस्रो ६ हजार र तेस्रो ४ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र रहेको छ । २०८० चैत ९ गते नयाँ ब्याडमिन्टन कभर्डहलको उद्घाटन सँगै कभर्हडल सञ्चालनमा आएको थियो ।