adv

हिक्मत कार्कीको मन्त्रिमण्डल विस्तार, थपिए पाँच मन्त्री र दुई राज्यमन्त्री

५ जेठ, दमक ।


विवादित नाम पाएको कोशी प्रदेश सरकारमा मन्त्री र राज्यमन्त्री थपिएको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दोस्रो पटक मन्त्रीमण्डल विस्तार गरेर १० सदस्यीय मन्त्रिमण्डल तयार गरेका हुन् ।

शुक्रबार नेकपा एमालेका तीन जना मन्त्री र एक जना राज्यमन्त्री थपिएको हो । त्यसैगरी सत्ता साझेदार नेकपा माओवादी केन्द्रका दुई जना मन्त्री र एक जना राज्यमन्त्री थपिएको हो ।

एमालेबाट लीलावल्लभ अधिकारी, एकराज कार्की र पाँचकर्ण राई मन्त्री बने । एमालेकै सिर्जना राई राज्यमन्त्री बनेकी छन् । त्यस्तै नेकपा माओवादी केन्द्रबाट राजेन्द्रकुमार कार्की र नारायण बुर्जा मगर मन्त्री बने । बन्दना झाँगड राज्यमन्त्री बनेकी हुन् ।

नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुले शुक्रबार नै पद तथा गोपनियताको शपथ लिए । प्रदेश प्रमुख परशुराम खापुङले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका थिए भने दुई जना राज्यमन्त्रीलाई मुख्यमन्त्री कार्कीले शपथ गराए ।

मन्त्रिपरिषद् विस्तारसँगै रामबहादुर मगरले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाए भने गणेश उप्रेतीले भौतिक पूर्वाधार विकास मन्त्रालय, लिलावल्लभ अधिकारीले आन्तरिक मामिला तथा कानुन मन्त्रालय र राजेन्द्रकुमार कार्कीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्रालयको जिम्मा एकराज कार्कीले पाएका भने पाँचकर्ण राईले सामाजिक विकास मन्त्रालय, नारायण बुर्जा मगरले पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका हुन् । उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा मुख्यमन्त्री कार्कीले आफूसँगै राखेका छन् ।

राज्यमन्त्री बनेकी सिर्जना राईलाई मुख्यमन्त्री कार्यालय र बन्दना झाँगडलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

मन्त्रीमण्डल विस्तारपछि सञ्चारकर्मीसँग बोल्दै मुख्यमन्त्री कार्कीले अब प्रदेश सरकारले सुशासन र वार्षिक नीति–कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।

संविधानको धारा १६८ ९५० अनुसार अघिल्लो हप्ताको बिहीवार मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले उपधारा ४ अनुसार वैशाख ३१ गते विश्वासको मत लिएका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु