adv

दमक नमुना कभर्ड हलको पहिलो आन्तरिक ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

सजन राई । 

दमक । झापाको दमकमा नमुना ब्याडमिन्टन एकेडेमिको प्रथम आन्तरिक ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । दमक ७ रतुवा खोला नजिकै नमुना बस्ती छेउमा रहेको दमक नमुना ब्याडमिन्टन एकेडेमिको हलमा उक्त प्रतियोगिता सञ्चालन भएको थियो ।

“प्रथम आजीवन सदस्य तथा नियमित खेलाडीहरु बिच आन्तरिक प्रतियोगिता तथा भेटघाट कार्यक्रम २०८१” नामक यो प्रतियोगिता २ दिन सम्म चलेको थियो ।

बैशाख ४ गते शुक्रवार सुरु भएको प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल भने ५ गते शनिवार बिहान सञ्चालन भएको थियो ।

फाइनल खेलमा कुशल बस्नेत र सुस्मिता आङबुहाङको जोडिले विरु लिम्बू र सन्तोष कार्कीको जोडिलाई २१-६, ११-७ को सोझो सेटमा हराउदै विजेता बन्न सफल भए । सेमिफाइनल खेलको दोस्रो सेटमा विरु लिम्बूको खुट्टामा समस्या आएको थियो । जस्ले गर्दा फाइनल खेलको दोस्रो सेटमा आत्मसमर्पण गरेका उनिहरुले उपविजेतामा चित्त बुझाए ।

पहिलो सेमिफाइनलखेलमा कुशलको जोडिले दशरथ शाह र गंगा गुरुङको जोडिलाई २१-१८, २१-१८ को सोझो सेटमा हराउदै फाइनल प्रवेश गरेको थियो भने विरुको जोडिले दिवन राई र विष्णु कुमार आङबुहाङको जोडिलाई २१-१३, १७-२१ र २१-१९ को अन्तरमा पराजित गर्दै फाइनल पुगेको थियो ।

सेमिफानलमा पराजित दुवै टोलिले तेस्रो पुरस्कार हात पारे ।

प्रतियोगिता सञ्चालन गर्न खेलाडीहरुलाई ४ समूहमा विभाजन गरी समूह ‘ए’ सँग समूह ‘डि’ र ‘बि’ सँग ‘सि’ समूहको खेलाडीहरुलाई मिलाइएको एकेडेमिका अध्यक्ष प्रकाश विराहाङ राईले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद १० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र पाए भने उपवजेताले नगद ६ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे । त्यसै गरी तेस्रो हुन सफल टिमले नगद ४ हजार सहित ट्रफी, मेडल र प्रमाण हात पारे ।

विजेता खेलाडीहरुलाई समापन कार्यक्रमका अतिथिहरु सन्दिप राई, वोदाहाङ राई, विजु लिम्बू, बन्दना मादेन, जुनुन राई लगायतले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा राष्ट्रिय अम्पायर भवानी आङ्देम्बे सहित विभिन्न संघ संस्था तथा खेलाडीहरुको उपस्थिति रहेको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु