adv

गर्भवती र सुत्केरी महिलालाई पौष्टिक पिठो उपलब्ध गराइँदै

१५ जेठ, दमक ।


झापाका गर्भवती तथा सुत्केरी महिलालाई पौष्टिक आहारका रूपमा पिठो वितरण गरिने भएको छ ।

स्वास्थ्य कार्यालय झापाले १५ वटै पालिकामा पौष्टिक पिठो वितरणका लागि पठाइसकेको जनाएको हो । झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले दिएको जानकारीअनुसार तीन महिनाकी गर्भवतीदेखि दुई वर्षसम्मको सुत्केरीका लागि प्रदेश सरकारले झापाका लागि ३० हजार नौ सय २० किलो पौष्टिक पिठो उपलब्ध गराएको छ ।

आर्थिक अवस्था कमजोर भएका गर्भवती र सुत्केरीलाई यस कार्यक्रमबाट लाभ मिल्ने अनुमान गरिएको छ । यस कार्यक्रमबाट गर्भवती र सुत्केरी महिलासहित शिशुका निम्ति पनि आवश्यक पौष्टिक तत्त्व पूर्ति हुने र स्वास्थ्यमा सुधार आउने प्रदेश सरकारको दावी छ ।

निःशुल्क वितरण गरिने पिठो पहिलो चरणमा मेचीनगरमा एक हजार आठ सय किलो, बुद्ध शान्तिमा एक हजार किलो, अर्जुनधारामा एक हजार चार सय किलो, कनकाईमा सात सय किलो, शिवसताक्षीमा एक हजार दुई सय किलो, दमकमा एक हजार छ सय किलो र कमलमा एक हजार किलो उपलब्ध गराइएको स्थास्थ्य कार्यालय झापाको भनाइ छ ।

त्यस्तै गौरादहमा एक हजार दुई सय किलो, गौरीगञ्जमा एक हजार किलो, झापा गाउँपालिकामा नौ सय किलो, बाह्रदशीमा नौ सय किलो, बिर्तामोडमा एक हजार दुई सय किलो, हल्दिबारीमा एक हजार किलो, भद्रपुरमा एक हजार दुई सय किलो र कचनकवलमा नौ सय किलो पिठो पठाइएको हो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु